Responsive Ad Slot

Latest

latest

अब यसरि रोड Cross गर्ने पो हो कि ?

Tuesday, June 6, 2017

/ by Umesh shrestha
सरकार आजभोली सुन्छु zebra Crossing बाहेक अन्य ठाउँ बाट सडक पार गरिएको पाईएमा रु.२००/- जरिवाना रे रु.२००/- तिर्न नसके २-३ घण्टा थुना मा बस्नु पर्ने अरे | म प्राय जसो पैदल चल्ने गर्छु काठमाडौँ शहर को एक व्यस्त ठाउँ टेकु, जहाँ Zebra crossing टेकु चोक ( National Trading) अगाडी Zebra crossing छ र तेसपछी लगभग १ किलोमिटर को दुरी पछी अर्को Zebra crossing टेकु को प्रहरी चौकी, भोटे बहाल जाने बाटो नेर छ | लौ अब भन्नुस टेकु को शुक्रराज अस्पताल को Opposite side बाट कोहि अस्पताल जानु पर्यो भने
Zebra crossing खै ? उक्त नागरिक अस्पताल जान को निम्ति कि त अम्बे कम्प्लेक्स नेर को Zebra crossing प्रयोग गर्नु पर्यो कि त टेको प्रहरी चौकी नेर को Zebra crossing जुन उक्त स्थान बाट दुवै Zebra crossing ठिक आधा बाटो मा पर्दछ , त्यहाँ बाट अस्पताल जना हरेक नागरिक लाई १५ देखि २० मिनेट हिड्नु पर्ने हुन्छ | अस्पताल जस्तो ठाउं को वर पर त भौतिक पूर्वाधार विकास गर्न सकिएको छैन, अनि आम नागरिक लाई सास्ती हुने गरि एक्कासी यो नियम काहाँ बाट आयो ? प्रश्न योग्य छ |

तलको फोटो लाई एकचोटी नियालेर हेर्नुस, हुनु पर्ने ठाउं मा छैन जहाँ छ त्यहाँ बार लगाईएको छ अब कसरि पैदल यात्री ले बाटो काट्न zebra crossing प्रयोग गर्न सक्छन ?
फोटो साभार link : http://wapnepalonline.com/wp-content/uploads/2015/01/zebra.jpg



सरकार पहिला भौतिक पूर्वाधार तयार पार्नुस, हरेक सडक १५-देखि २०-३०- मिटरको अन्तराल मा Zebra crossing होस्, पहिला जनता मा जनचेतना जगाउनुस , ठाउँ ठाउँ मा ठुल्ठुला पढ्न नसक्ने हरुले देखेर सिक्ने Hod-ding Board लगाउनुस, देख्न नसक्ने ले सुन्न सकोस, हरेक सडकहरु पैदल यात्री मैत्री बनाऊनुस, अपांग मात्रै बनाउनुस, हरेक ठाउंका सडक बीच मा Divider लगाउनुस ताकी कोहि नागरिक उक्त Divider नाघेर सडक वार पार नगरोस, तेस्पछी नियम लगाउनुस | रु २००/- हैन सरकार हामि जनता ले तेसपछी पनि नियम उलंघन गर्छौं भने रु.१०००/- तिर्न हामि तत्पर हुन्छौं | तेस्ता नियम उलंघन गर्ने नागरिक लाइ ३ घण्टा थुना मा हैन सरकार ७ दिन नै थुना मा राख्नुस कुनै आपत्ति छैन |

अब यसरि पनि Road Cross गर्ने दिन नआउला भन्न सकिन्न |
यो video हेर्नुस अनि एकछिन गज्जब को मज्जा लिनुहोस् |
 



Video source: Facebook
Please like our facebook page and keep Visiting Our Blog .

No comments

Post a Comment

Please leave your Comment For this POST.

Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design