Responsive Ad Slot

Latest

latest

Don't be loser

Tuesday, June 11, 2013

/ by Umesh shrestha
आज SLC को नतिजा प्रकाशित भएको छ २०६९ साल को आधा भन्दा बढी परीक्षार्थी असफल भएका छन् । सबै बर्ष झैँ यसपालिको नतिजा पनि सफल रहन सकेनन् । २०६९ चैत्र पहिलो साता मा भएको पतिक्षा मा ५ लाख ४७ हजार १ सय ६५ जना सहभागी भएका थिए। जसमा ४ लाख ७३ हजार ९७ जना नियमित तर्फ र  १ लाख् १७ हजार ६८ जना एक्जेम्तेड तर्फ थिए । जस मा ४१.५७% मात्रै उतिर्ण भएको परिक्षा नियन्त्रण कार्यालय सानोठिमी ले जनाएको छ । हाम्रो नेपाल मा SLC लाइ Iron गेट को रुप मा लीने गरिन्छ तेसैले त एकैचोटी पास गरिएन भने कयौ बिद्यार्थी भाइ बहिनीहरुले पढाई छाड्ने, दु:ख मनि ज्यान दिने जस्ता घटना आइरहन्छ हर बर्ष । जति पनि परिक्षा दिएका परीक्षार्थी छन् लाई यो Post देखाउन चाहन्छु ।
दुनिया मा कयौ ठुला व्यक्तिहरु छन् जो पढाई मा कोहि पनि माहिर थिएनन् ...
तेसै भन्छन् त Bill Getes...

"I am not a university topper, But today all university toppers are my employees"

तेस्तै पढाई मा कम्जोर प्रतिष्ठित केहि व्यक्तिहरु लाई यहाँ समेट्ने प्रयास गरेको छु ।
- संसारमा सबैभन्दा धेरै आविष्कार गरेर नाम कमाउन सफल थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो ।
- अल्बर्ट आइन्स्टाइनलाई मन्दबुद्धिको केटो भनी स्कुलमा हेला गरिए उनी कलेजको प्रवेश परिक्षामा असफल भएका थिए ।
- विलियम शेक्सपीयर कक्षा ५ मा दुई पटक फेल भएका थिए ।
- रविन्द्रनाथ ठाकुर म्याट्रिकुलेसन (SLC) मा सात पटक फेल भएका थिए ।
- महात्मा गान्धी म्याट्रिकुलेसन मा तेश्रो डिभिजनमा पास भएका थिए ।
- विन्स्टन चर्चिल कक्षा ६ मा फेल भएका थिए ।
- लियो टाल्सटाय कलेजबाट भागेका थिए ।
- ब्रुस लीले पनि पढाइलाई चटक्कै छोडेका थिए ।
- जोन डी रकेफेलर निरक्षर थिए ।
- म्याक्सिम गोर्की कहिल्यै विद्यालय गएनन् ।
- माइकल फराडे, विल गेट्स, स्टेफन स्पेल बर्ग, पिटर जेनिग्स, स्टिभ जब्स, हेरी एस ट्रुमन आदि कलेज नै गएका थिएनन् ।
- २०% अमेरिकी अर्बपतीहरू कलेज नै नगएको तथ्याकं मा देखिएको छ ।

ल भन्नुस तपाई किन दु:ख मान्नु हुन्छ??? 
तपाई को जिन्दगि को निर्णय ३ घण्टा को परिक्षा ले गर्न सक्दैन तेसैले धैर्य राख्नुस् अघि बढ्दै जानुस । मेरो कन्सेप्ट को तर्फ बाट उतिर्ण हुन सफल सम्पूर्ण मा हार्दिक बधाई तथा उच्च शिक्षा सफल को लागि कामना गर्दछौं ।
साथै यो पनि सफल हुन नसक्नु भएका सम्पूर्ण भाई बहिनि हरुमा आगामी आउने अर्को साल राम्रो संग पढेर उतिर्ण हुनुहुन्छ भन्ने आशा लिएको छु ।

धन्देबाद !!!!

Happy Blogging!!

No comments

Post a Comment

Please leave your Comment For this POST.

Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design