Responsive Ad Slot

Showing posts with label Social Work. Show all posts
Showing posts with label Social Work. Show all posts

असली देवता हामीले चिन्नै सकेका छैनौं |

No comments

Wednesday, December 4, 2013

उनी ललितपुरको कार्यविनायकस्थित एउटा स्कूलमा शिक्षक थिए। एकदिन एकजन दृष्टीविहीन बालक स्कूलमा भर्ना हुन आए। ती बालकलाई पढ्न मद्दत गर्न ती शिक्षकले ब्रेल लिपी सिके।

केहि समयपछि एकजना बैर्हा (कान नसुन्ने )बालक भर्ना हुन आए। ती बालकलाई पढाउन सजिलो होस् भनेर ती शिक्षकले फेरी सांकेतिक भाषा सिके।

समय बित्त्दै गयो फेरी केही समयपछि उही स्कुल मा  एकजना शारिरकरूपमा अशक्त बालक भर्ना हुन आए। ती बालकको गतिविधिलाई अलि सहज बनाउन सकिन्छ कि भनेर ती शिक्षकले फेरी ‘फिजियोथेरपि’ सिके।

उनको नाम हो, दयाराम महर्जन।

अपांगता भएका बालबालिकालाई सहयोग गर्दा गर्दै दयारामको मन उनीहरुप्रतिको दया र स्नेहले पूर्ण भैसकेको थियो।

त्यसपछि उनले एउटा घर भाडामा लिएर आफ्नै पैसा खर्च गर्दै र छरछिमकको सहयोग लिंदै अपांगता भएका बालबालिकाका लागि एउटा आश्रय स्थापना गरे र एउटा नाम दिए – (Disabled Service Association.)

अहिले सो संस्थामा ४३ जना अपांगता भएका बालबालिका छन्। सो संस्थालाई एकजना स्वीस नागरिकले एक रोपनि जग्गा किनिदिएछन्।

आज सोही जग्गामा अपांगमैत्रि आवास निर्माण गर्न शिलान्यासको कार्यक्रम थियो। (२०७०-०८-१८ मंगलबार अपाङ्गता दिबस)

ती बालबालिकाहरुले गीत गाउंदा, बाध्यबादन प्रस्तुत गर्दा र उनीहरुले बनाएका चित्रहरु हेर्दा म छ्क्क परें।


अपांग बालबालिकाहरु बध्यबादन बजाउंदै
दयाराम जी र उनलाई सघाउने उनको परिवारलाई ह्रिदयदेखि नमन गरें। र, सोचें, दयाराम जस्ता यो देशका वास्तविक सिलेब्रटीहरुलाई त हामीले चिनेकै छैनौं। हामी धेरैजसो गहिराईमा बसेकाहरूलाई होइन, सतहमा बहेकाहरुलाई चिन्दछौं।

दयाराम निशन्देहरुपमा यो देशको अर्का एकजना जिवित देवता हुन्!

तपाईंलाई दयारामजी प्रति सम्मान जनाउने या उनलाई सहयोग गर्ने इच्छा छ भने 9841-490-490 या 01-5590317 मा सम्पर्क गर्न सक्नुहुनेछ।


 (फोटो सौजन्य: दयारामजीलाई लामो समयदेखि सहयोग गर्दै आएका फोटो पत्रकार लक्ष्मी प्रसाद नाखुसी)
साभार :-  Help Nepal Network (HENN) का सस्थापक रबिन्द्र मिश्र को फेसबुक बाट 
Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design