Responsive Ad Slot

Showing posts with label Lifestyle. Show all posts
Showing posts with label Lifestyle. Show all posts

बालुवाको घडी।

No comments

Tuesday, August 14, 2018

तपाइले कैले बालुवाको घडी देख्नु भएकोछ ? यदि छ भने देख्नु भएको होला त्यहा २ भाग हुन्छ जहाँ माथिल्लो भाग बाट बालुवा तल्लो भाग मा बिस्तारै बिस्तारै झरी रहेको हुन्छ।
Img source- Google image

          कैले सोच्नु भएको छ ?  जिबन पनि  त्यहि बालुवाको घडी जस्तै हो।  जुन बालुवा तल झरिसकेको छ,  हाम्रो भुतकाल हो, जुन  माथि छ -झर्न बाँकी छ त्यो हाम्रो आउनेवाला भबिष्य र बर्तमान त्यो हो, जुन साघुरो भाग जहा बाट निरन्तर बलुवा बिस्तारै बिस्तारै झरी रहेको छ। अर्थात हामि संग जिउन त्यहि एक क्षण छ। यसलाई  उपयोग कसरि गर्ने त्यो हामीमा भर पर्दछ।

जो बितिसक्यो त्यो समयको दू:ख मनाएर बस्ने? या जो भबिस्य मा हुनेवाला छ त्यसको प्रतिक्ष्यामा क्रोध,रिस गर्ने? यी सबै सबै गर्नका लागि यहि एक क्षण छ। प्रसन्न हुनुहुन्छ ? त्यसको लागि पनि यहि एक पल छ। प्रतिक्ष्या गरिरहनु भयो भने यो पल पनि भुतकाल मा परिणत हुनेछ।  त्यसैले आनन्दका लागि , परोपकार का लागि प्रतिक्ष्या नगर्नुस तपाइँ संग जो समय छ त्यसको भरपुर सदुपयोग गर्नुहोस् किनकि यो "घडी" लाई पल्टाएर तपाइँ समय त गन्न सक्नुहुनेछ तर आफ्नो बितेको समय तपाइँ फिर्ता गर्न सक्नु हुन्न। जिउनुस बर्तमान समय मा।


  • Happy blogging!!
Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design