Responsive Ad Slot

Latest

latest

हाम्रो नेपाली Media अनी social Networking हरु का चाला

Sunday, December 2, 2012

/ by Umesh shrestha

 बिहान बिहान कम्प्युटर मा CNN Heros  पेज खोलेर हेरेको 2012 Hero Of The Year भनेर पुष्पा बस्नेत जी को फोटो देखें मन मा खुसि लाग्यो । अनि यसो मिडिया हरुको पेज खोलेर हेरेको मेन समाचार मा पुष्पा ले जितिन CNN Hero Of The Year भनेर छापेको देख्दा मलाई अचम्म लाग्यो । जुन मिडिया ले पुष्पा लाई जिताउन एउटा सानो छेउ मा भोट गरम है भनेर राखेन आज जिते पछी समाचार चाही किन लेख्नु पर्यो?? समाचार लेख्ने हक जादैन । कयौ साथीहरुले ले झन्डै दिन दिनै झैँ भोट गर्न आफ्नो फेसबुक मा status अनि share गरेका छन्  कयौ साना साना फेसबुक पेजहरुले पनि share गरेका छन् । भने ठुला ठुला फेसबुक पेजहरु नेपाल मा टन्नै छन् 50000 100000 Like भएका तर share गरौँ न भनेर Message गर्दा no Reply  न त share नै गरे कैले तर आज जितिसके पछी त फेसबुक वाल मा "नेपाली हुनु मा हामीलाई गर्ब छ 2010 मा अनुराधा कोईराला ले अनि आज 2012 पुष्पा बस्नेत ले CNN Hero जितिन " अरे । एकैछिन त गज़ब को हासो नि लग्यो अनि रिस पनि उठ्यो  ।

पुष्पा नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनि विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । उत्कृष्ट 10 जना मध्ये 9 जना प्रतिस्पर्धीलाई पछी पर्दै उनले उपाधि जित्न सफल भएकी हुन् । उसले २ लाख ५० हजार अमेरीकी डलर पुरस्कार स्वोरुप पाएकी छिन । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- "यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।"
अमेरिकी टिभी च्यानल CNN ले  विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन  ६ वर्षदेखि लगातार सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्‍याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन । आउनुहोस बधाई दिनुहोस अझ धेरै हौसल्ला बढाउँ पुष्पा लगायत अन्य हाम्रा समाजसेवी हरुको र आफु पनि आ-आफ्नो ठाउँ बाट सक्दो समाजसेवा गरौँ ।
पुष्पा बस्नेत जी को केहि Story पढ्न तथा हेर्न चाहनु हुन्छ भने यो लिंक मा Click  गर्नुस । 
अवार्ड वितरण हुदा को भिडियो हेर्नुस ।


Happy Bloging !! :)
Please like our Facebook page and keep Visiting Our Blog .

No comments

Post a Comment

Please leave your Comment For this POST.

Don't Miss
© all rights reserved with MeroConcept
Made with By Mero Design